Newslaya Home

नेपाल र बंगलादेशबीच उर्जा सम्झौता

शुक्रबार २५, साउन २०७५

काठमाडौं । नेपाल र बंगलादेशबीच उर्जा सम्झौता भएको छ । उर्जामन्त्री वर्षमान पुन र बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन् । अब बंगलादेशले नेपालको विजुली किन्ने र जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ ।  

सन् २०१६ को अक्टोबरमा बंगलादेशको राजधानी ढाकामा भएको दक्षिण एसिया आर्थिक सम्मेलनमा ऊर्जा सहमतिपत्रमा हस्ताक्षर भएको थियो । 

त्यस बेला बंगलादेशले नेपालमा करिब १ हजार ६ सय मेगावाट क्षमता बराबरका दुई ठूला आयोजनामा लगानी गर्ने उल्लेख गरीएको थियो । 

सहमति बमोजिम १ हजार एक सय १० मेगावाट क्षमताको सुनकोशी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोशी तेस्रोमा बंगलादेशले लगानी गर्ने भएको छ ।