Newslaya Home

​‘ट्र्यामाडोल’ औषधिको खुला बिक्रीमा रोक

शुक्रबार २५, साउन २०७५

काठमाडौं । भदौ १५ गतेदेखि दुखाई कम गर्न प्रयोग हुने ‘ट्र्यामाडोल’ एकल तथा समिश्रित औषधि विक्री वितरणबाट रोक लगाइएको छ । 

औषधि व्यवस्था विभागले सूचना जारी गर्दै यही  यसको खुला विक्री वितरणमा रोक लगाउने भएको हो ।

यो औषधी खुला बिक्री हुँदा लागूऔषध दुर्व्यसनीले विभिन्न औषधीसँग मिसाइ सेवन गर्ने गरेको पाइएको विभागका महानिर्देशक नारायण ढकालले बताए ।

विदेशमा पनि यसलाई लागू औषध सरह नै सुचिकृत गरिएको छ । यो औषधीको विकल्पमा बजारमा प्रशस्तै औषधी रहेकोसमेत उनले जानकारी दिए ।