Newslaya Home

​बाढीमा फसेका एक हजार छ सय जनाको उद्धार : फ्रान्स

शुक्रबार २५, साउन २०७५

पेरिस । फ्रान्समा आएको बाढीमा फसेका एक हजार छ सय जनाको उद्धार गरिएको छ ।

फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको गार्दको समर क्याप्पमा छुट्टी मनाउन गएकाहरु बाढीमा फसेका थिए । 

बाढीमा फसेकामध्ये केही घाइते भएका छन् । बाढी प्रभावितको उद्धारका लागि चार सयभन्दा बढी उद्धारकर्मी खटिएका छन् ।

छुट्टी मनाउन गएका मध्ये एक सय १६ जना विद्यार्थी रहेको जनाइएको छ ।