Newslaya Home

​फिल्म ‘मनमर्जियाँ’ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

शुक्रबार २५, साउन २०७५

काठमाडौं । अभिनेता अभिषेक बच्चनको फिल्म ‘मनमर्जियाँ’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अभिनेता अभिषेक बच्चनका साथमा विक्की कौशल र तापसी पन्नूको अभिनय रहेको छ । 

फिल्मको ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ । ट्रेलरको सुरुवातमा विक्कीका साथ रोमान्स गर्दै देखिएको तापसी ट्रेलरको अन्त्यमा भने अभिषेकका साथ नवविवाहितको रुपमा देखिएकी छिन् ।  

निर्देशन अनुराग कश्यपको निर्देशन तथा आनन्द एल रायको निर्माण बनेको फिल्म ‘मनमर्जियाँ’ सेप्टेम्बर १४ मा प्रदर्शन हुनेछ ।