Newslaya Home

​आजबाट इंग्लिश प्रिमियर लिग फुटबल

शुक्रबार २५, साउन २०७५

काठमाडौं । आज (शुक्रबार)बाट इंग्लिश प्रिमियर लिग फुटबल  सुरु हुँदैछ । आज राति म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटीबिच खेल हुनेछ । यो खेल म्यान्चेस्टर युनाइटेडको खेलमैदान ओल्ड ट्राफोर्डमा हुनेछ । 

यसपटक प्रिमियर लिगमा थपिएका तीन नयाँ टोलीमा फुल्मह, कार्डिफ सिटी र वुल्भर ह्याम्पटन वान्डरर्स रहेका छन् ।

यो सिजनको प्रिमियर लिगको पहिलो खेलमा च्याम्पियन म्यानचेस्टर सिटीले आइतबार आर्सनलसँग खेल्नेछ । यसैगरी चेल्सीले हडर्सफिल्ड टाउनको सामना गर्दा लिभरपुल र वेष्ट ह्याम युनाईटेड आपसमा भिड्नेछन् ।