Newslaya Home

​बालबालिका चढेको बसमा हवाइ आक्रमण, २९ जनाको एउटै चिहान

शुक्रबार २५, साउन २०७५

रियाद । यमनमा कम्तिमा २९ जना बालबालिकाको ज्यान गएको छ । अरु ३० जना घाइते भएका छन् ।

साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणका कारण उनीहरुको ज्यान गएको हो ।

बालबालिका चढेको बसमा हवाई आक्रमण भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 

हुथी बिद्रोहीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले भने आक्रमणमा परि ४३ जनाको ज्यान गएको तथा ६१ जना घाइते भएको उल्लेख गरेको छ ।

साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाही अभियानमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ । 

यसैबिच यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत मार्टिन ग्रिफित्थसले आउँदो सेप्टेम्बरमा युद्धमा संलग्न पक्षलाई जेनेभा बोलाएर वार्ताको सम्भावना वा विकल्प बारे कुरा गर्ने तयारी गरेका छन् ।