Newslaya Home

​मनीषा कोइरालाको पहिलो पुस्तकको आवरण सार्वजनिक

बिहीबार २४, साउन २०७५

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले ‘द बुक अफ अनटोल्ड स्टोरिज’ नामक आफ्नो पहिलो पुस्तकको आवरण सार्वजनिक गरेकी छिन् । 

४७ वर्षीया मनीषाले पछिल्लो समय क्यान्सरको उपचारपछि पेन्गुइन इन्डियामार्फत उक्त किताब प्रकाशन गरेकी हुन् ।

मनीषाले उक्त किताबमा आफ्नो क्यान्सरसँग जुध्दाका कथाहरु समेटेकी छन् ।

मनीषाले इन्स्टाग्राममा आफ्नो पुस्तकको आवरण सार्वजनिक गर्दै पुस्तक प्रकाशनको प्रक्रियामा रमाइरहेको उल्लेख गरेकी छन् । उनको पुस्तक अंग्रेजीमा प्रकाशन हुने भएको हो ।