Newslaya Home

​काश्मिरमा चार लडाकूको मृत्यु

बिहीबार २४, साउन २०७५

बारामुल्ला । भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर बुधबार चार लडाकूको मृत्यु भएको छ । 

बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको छ । प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्राउ गरेको छ । शाहको साथबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको जनाइएको छ ।