Newslaya Home

​साफ च्याम्पियनसिप महिला फुटबल आजबाट भुटानमा सुरु हुँदै

बिहीबार २४, साउन २०७५

काठमाण्डौ । भुटानमा बिहिबार (आज)देखि (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिता सुुरु हुँदैछ ।

राजधानी थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा दिउँसो ४ बजे खेल हुनेछ । उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । 

उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । 

गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए । 

आगामी भदौ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी छ राष्ट्र सहभागि भएका छन् ।