Newslaya Home

​स्कुल बस दुर्घटना, ३२ जना विद्यार्थी घाइते

बिहीबार २४, साउन २०७५

विराटनगर । मोरङको पथरीशनिश्चरे –३ स्थित भित्री सडकखण्डमा बुधबार स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । 

बा १ ख ८००२ नम्बरको पथरीशनिश्चरे–३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस साँझ ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाईते भएका सोही विध्यालयका चार जना विद्यार्थीलाई विराटनगरस्थित न्युरो अस्पतालमा ल्याइएको छ । अन्य घाईतेको पथरी अस्पतालमा उपचार भइरहेको छ ।

बोर्डिङ स्कुल छुट्टी भएपछि विद्यार्थी पुर्‍याउन गएका बेला स्टेरिङलाई नियन्त्रणमा लिने लक खुस्किंदा बस सडकबाट धान खेतमा पल्टिएको जनाइएको छ ।

तत्काल उद्धार गर्न सकिएका कारण ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका चालक पथरीशनिश्चरे– १ का ४४ वर्षीय प्रकाश गुरुङको खोजी थालिएको जनाइएको छ ।