Newslaya Home

​कोरियाबाट फर्केकालाई पुनः अवसर

बिहीबार २४, साउन २०७५

काठमाडौं । दक्षिण कोरियाबाट फर्केकाले पुनः भाषा परीक्षा दिन पाउने भएका छन् । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनः भाषा परीक्षा सञ्चालन हुने भएको हो । 

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सीबीटी) सञ्चालन गर्न लागेको छ ।

शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।