Newslaya Home

​अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने

बिहीबार २४, साउन २०७५

काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो । 

रुसमाथिको प्रतिबन्ध यही अगस्ट २२ तारिखदेखि लागू हुने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले जानकारी दिए । यो प्रतिबन्ध विद्युतीय सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ ।