Newslaya Home

​मुख्यमन्त्रीको अन्तेष्टि गर्ने ठाउ विवादमा, अदालतले दियो यस्तो आदेश

बुधबार २३, साउन २०७५

भारत । तामिलनाडुका पुर्व मुख्यमन्त्री करुणानिधिको पार्थिब शरीर कहा अन्तेस्ती गर्ने बिबाद अदालत सम्म पुगेको छ। समर्थक र सरकारले भिन्न भिन्न ठाउमा गर्ने भए पछि उक्त बिबाद साफक हुदै अदालत सम्म पुगेको हो ।

करुणानिधिको पार्टी तथा उनका समर्थकको माग उनको अन्तिम संस्कार चेन्नाइको चर्चित स्थान मरीना बीचमा गर्नुपर्ने छ र त्यसस्थानमा समाधी स्थल बनाउने उनीहरुले माग गरेका छन् । तर तामिलनाडु सरकारले यस्तो गर्न अस्विकार गरेको छ । जसका कारण आज विहान मद्रासको हाइकोर्टमा सुनुवाई भएको छ ।

मद्रास हाइकोर्टले मरीनाबीचमा नै करुणानीतिको अन्तिम संस्कारको स्वीकृति दिएको छ । यसका साथै अदालतले तामिलनाडु सरकारलाई मेमोरियल बनाउन आदेश दिएको छ । 

करुणानिधिको निधनभएपछि डीएमकेका समर्थक रुदै सडकमा आएका थिए । करुणानिधिलाई श्रद्धान्जलीका लागि चेन्नाइ पुगेका समर्थकमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । 

करुणानिधि पाँच पटक मुख्यमन्त्री र १२ पटक विधानसभा सदस्य थिए । उनले उम्मेदवारी दिएका सबै चुनावमा जीत हात पारेका थिए । उनी २००६ मा अन्तिमपटक मुख्यमन्त्री बनेका थिए ।