Newslaya Home

​इन्काउन्टर विरूद्द मानबअधिकार आयोगमा उजुरी

बुधबार २३, साउन २०७५

काठमाडौं । प्रहरीले फेक इन्काउन्टर गरेर २ जनालाई मारेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङमाथि प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित आयोगमा उजुरी परेको हो ।

अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङलगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गराएका हुन् ।

आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्षीय बालक निशान खड्काको भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित निर्माणाधीन एक घरमा शव गाडिएको अवस्थामा सोमबार फेलापरेको थियो ।