Newslaya Home

इटहरीमा तेलको ट्यांकरले ठक्कर दिँदा एक जना गम्भिर घाइते

बुधबार २३, साउन २०७५

इटहरी । इटहरीमा तेलको ट्यांकरले मोटरसाइकाललाई ठक्कर दिँदा एक जान गम्भिर घाइते भएका छन् ।  पुर्वबाट पस्चिम तर्फ जादै गरेको ना ५ ख ८४९ नम्बरको ट्यांकरले सोही दिशाबाट गइरहेको बा २६ प ३४८८ नम्बरको मोटरसाइकाललाई ठक्कर दिँदा इटहरी–६ बस्ने ४३ वर्षीय ताराधन श्रेष्ठ गम्भिर घाइते भएका हुन् । 

उनको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।