Newslaya Home

​प्रदेश १ मा भोली सार्वजनिक विदा

बुधबार २३, साउन २०७५

विराटनगर । प्रदेश नं १ मा भोली (विहिबार) सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले विश्व आदिवासी जनजाती दिवसको अवसरमा विदा दिएको हो ।

प्रदेश १ को आन्तरीक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक विदा दिएको जनाएको हो । 

मन्त्रालयले प्रदेशका सबै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णय अनुसार उल्लेखित विदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर, नेपाल, चैत्र २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशित भएको समेत जानकारी दिएको छ । 

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौं १० गते आइतबार रक्षाबन्धन, जनैपूर्णिमा, भदौ १८ गते सोमबार राधाकृष्ण रथयात्रामा (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते मंगलबार छठ पर्वमा सार्वजनिक विदा दिने जानकारी दिएको छ ।