Newslaya Home

​इन्डोनेसियाः किन बन्दी बनाए झाँक्रीले १५ वर्षसम्म किशोरीलाई ?

बुधबार २३, साउन २०७५

बिबिसि । इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीया महिलालाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ ।

ती महिलालाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए ।

८३ वर्षीय झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोहोर्‍याएको अभियोग लगाइएको छ ।

ती झाँक्रीलाई यौन शोषण र बालबालिका सुरक्षासम्बन्धी कानुनको बखिलाप कम गरेको अभियोग लगाइएको छ ।