Newslaya Home

​​कार दुर्घटनामा विश्व विजेता धावकको मृत्यु

बुधबार २३, साउन २०७५

काठमाडौं । कार दुर्घटनामा केन्याका धावक निकोलस बेटको मृत्यु भएको छ ।

नाइजेरीयामा अफ्रिकी महादेशीय प्रतियोगितामा भाग लिएर फर्किरहँदा नान्दी काउन्टीको नजिकै उनको कार दुर्घटनामा परेको हो ।

उनले बेइजिङमा २०१५ मा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा चार सय मिटर हर्डल्स दौडमा स्वर्ण पदक जितेका थिए ।

सन् २०११ मा केन्यामै भएको प्रतिस्पर्धाबाट दौडमा लागेका उनले बेइजिङमा स्वर्ण पदक जित्दै आठ सय मिटरभन्दा कमको दौडमा केन्या बाट पहिलो हुने कीर्तिमान बनाएका थिए ।