Newslaya Home

​यसकारण खानुहोस् दैनिक दुई चम्चा गाइको घ्यू

बुधबार २३, साउन २०७५

गाईको घ्यूले स्वास्थ्यमा अनेकौं फाइदा पुर्याउने गर्छ । यसलाई एक किसिमले नेपाली सुपरफुड मान्न सकिन्छ । जान्नुहोस् यस्ता छन् यसका फाइदाः

पाचनमा सुधारः
विशेषज्ञका अनुसार नौनीको एक स्पष्ट रुप घ्यू हो । आयुर्वेद अनुसार यसले सानो आन्द्राको अवशेषण क्षमतालाई सुधार गर्ने गर्छ र हाम्रो ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकको अम्लीय पीएचलाई कम गर्दछ । घ्यू ओमेगा–थ्री फ्याटी एसिडको एक समृद्ध स्रोत हो जसले एलडीएल कोलेस्ट्रोललाई कम गर्छ  ।

उमेर बढ्नबाट रोक्छः
गाईको घ्यूमा एक प्राकृतिक एन्टीअक्सीडेन्ट हुन्छ । जसकारण यसले हाम्रो मस्कुलोस्केलेटल सिस्टममा अपरिवर्तनीय परिवर्तनलाई रोक्छ, समय अगावै बुढो हुनबाट जोगाउँछ र अल्जाइमर रोगबाट मुक्त गराउँछ ।

कपाल र छालाका लागिः
घ्यूले हाम्रो शरिरबाट विषाक्त पदार्थलाई हटाउने काम गर्छ । आन्द्राको स्वास्थ्य राम्रो बनाउँछ र छाला र कपाललाई स्वस्थ राख्छ । जोर्नीलाई चिल्लो राख्न सहयोग गरेर हाम्रो हड्डीलाई बलियो बनाउँछ ।

तौल घटाउन सहयोग गर्छः
विशेषज्ञका अनुसार घ्यूले वास्तवमा तौल कम गर्न सहयोग गर्छ । घ्यूमा ब्यूटरिक एसिड र मध्यम श्रृङ्खला ट्राइग्लिसराइड्स शरिरको बोसोलाई जम्मा गरेर त्यसबाट छुटकारा पाउन मद्दत गर्छ । विशेषज्ञका अनुसार घ्यूले राम्रो एचडीएल कोलेस्ट्रोललाई बढाउन मद्दत गर्छ ।

शरिरलाई सुगठित राख्छः
यदि तपाईं आफ्नो तौल बढाउन चाहनुहुन्न भने दैनिक दुई–तीन चम्चा (१०–१५ मिलिमिटर) गाईको घ्यूको सेवन गर्नुहोस् ।

कसरी पुर्याउँछ फाइदाः
– दुई थोपा गाईको घ्यू नाकमा हाल्दा तपाईंको शरिरको रोग प्रतिरोधक क्षमता बृद्धि हुन्छ । यसले वातावरणमा भएको धुलो, धुँवजा र प्रदुषणबाट हुने एलर्जीलाई कम गर्छ । यसले घाँटी र नाकको संक्रमणबाट पनि जोगाउने गर्छ ।

– खानामा दुई तीन चम्चा घ्यू मिसाएर खाँदा पाचन प्रक्रियामा सुधार हुन्छ ।

– घ्यूले कब्जियतबाट पनि राहत दिलाउँछ ।