Newslaya Home

​यस कारण खानुहोस् मेवा

बुधबार २३, साउन २०७५

मेवा भिटामीन ‘सी’ को खानी भएको अद्भुद फल हो । यसको सेवनले मानव शरिरमा विभिन्न प्रकारका फाइदाहरु हुन्छन् । त्यसैले दैनिक मेवा सेवन गर्नु हितकारी मानिन्छ ।

यस्ता छन् फाइदाः
१. कोलस्ट्रोल घटाउँछ
मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरिरमा भएको कोलस्ट्रोल नष्ट गर्ने तथा थप कोलस्ट्रोल बन्नबाट रोक्छ । मुटुको समस्याहरु कोलस्ट्रोलबाट शुरु हुने भएकोले पनि शरिरको कोलस्ट्रोल नियन्त्रीत राख्नुपर्दछ ।

२. महिलाको महिनावारी पिडा कम गर्छ
कतिपय महिलालाई महिनावारी हुँदा खपिनसक्नु पिडा हुने गर्दछ । यस्तोमा मेवाको प्रयोग गर्दा यसमा रहेको ‘पापाइन’ नामक तत्वले रगतको बहावलाई नियमित गर्ने हुँदा महिनावारीको बेला हुने पिडालाई कम गर्दछ ।

३. रोग प्रतिरोधक क्षमता बढाउने
हाम्रो दैनिक स्वभावका कारण शरिर विभिन्न रोगहरुको जोखिममा हुने गर्छ । यस्तोमा मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ रहन्छ । एउटा सिंगो मेवामा शरिरलाई चाहिने भिटामीन ‘सी’ को आवश्यकताको तुलनामा २ सय प्रतिशत हुने हुँदा यसले शरिरलाई निरोगी बन्न मद्दत गर्दछ ।

४. मधुमेह रोगीलाई फाइदा
मधुमेहबाट पिडितहरुले गुलियो खान नपाउँदा दिक्क मान्ने गरेका हुन्छन् । यस्तोमा पाकेको मेवा सेवन गर्दा गुलियोको तिर्सना पनि मेटिने तथा यसमा सुगरको मात्रा अति न्यून हुनाले मधुमेह रोगीलाई मेवा अत्यन्त्यै उपयोगी हुन्छ । त्यस्तै मधुमेह नभएकाहरुले पनि मेवा सेवन गर्नाले यो रोग लाग्नबाट बच्न सकिन्छ ।

५. आँखाको लागि उपयोगी
मेवामा भिटामीन ए पनि प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्दछ । शरिरको अति महत्वपूर्ण अंग आँखाको ज्योतीलाई जोगाइ राख्ने हो भने सुपथ र सहज तरिका मेवाको सेवन गर्न हिच्कीचाउनु भएन ।

६. हाडजोर्नीको समस्याबाट बचाउ
एक अध्ययनका अनुसार भिटामिन सी कम प्रयोग गर्ने मानिसहरुको शरिरमा हाडजोर्नीको समस्या अन्यको तुलनामा तीन गुणा बढि हुन्छ । सोही कारण प्रशस्त मेवा खानाले शरिरमा हुन सक्ने हाडजोर्नीको समस्याबाट बच्न सकिन्छ ।

७. क्यान्सरको प्रतिरोध
मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन । त्यस्तैगरी अध्ययनहरुले देखाएअनुसार मेवा खाने पुरुषको शरिरमा पेट तथा प्रोस्टेट क्यान्सरको खतरा कम हुने गरेको छ ।

८. तौल घटाउन मद्दत गर्छ
शरिरको तौल बढेर हैरान भएकाहरुका लागि मेवा वरदान नै हो । न्यून क्यालोरी भएको मेवा खाँदा पेट छिटै भरिने तथा यसमा भएको फाइबर तत्वले ट्वाइलेट जाँदा पेट सफा बनाउने भएकाले यसले तौल घटाउने कार्यमा सहयोग गर्दछ ।

९. जवान देखिन सहयोगी
उमेर ढल्किदै जाँदा पनि उमेर भन्दा अनुहार कलिलै देखियोस् भन्ने चाह सबैमा हुन्छ । तथापी खान्की स्वभावले त्यो सम्भव भइरहेको हुँदैन । यस्तोमा भिटामिन सी, इ, एन्टिअक्सिडेन्ट जस्ता तत्वले भरिपूर्ण मेवाको सेवनले शरिर तन्दरुस्त हुनुको साथै कलिलो पनि देखिन्छ । यि तत्वहरुले छाला चाउरिन नदिने तथा छाला गढ्ने समस्यालाई कम गर्ने हुनाले पनि अनुहार तथा शरिरको अन्य भागलाई कलिलो देखाउन मद्दत गर्दछ ।

१०. पाचन शक्ति बलियो
हाम्रो व्यस्त जिवनशैलीको कारण जंक फुडको प्रयोग अधिक गर्नाले हाम्रो पाचन स्वास्थमा असर पारिरहेको हुन्छ । यस्तोमा नियमित मेवाको सेवन गर्नाले हाम्रो पाचन क्रियामा सक्रिय हुने इन्जाइमलाई बलियो बनाउने तथा यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउने हुनाले पनि मेवा पाचन कार्यको लागि सहयोगी छ ।

११. तनाव कम गर्न सहयोगी
आजकलको व्यस्त समयमा दिनभर काम गर्दा भोगिएका घटनाक्रमहरुले मानसिक तनाव पनि उत्तिकै हुने गर्दछ । यस्तोमा नियमित मेवाको सेवन गर्दा उक्त तनाव तथा शारिरीक थकान हटाउन सहज हुन्छ । एक अध्ययनका अनुसार २०० मिलिग्राम भिटामिन सीले हाम्रो शरिरमा रगतको बहावलाई नियन्त्रण गर्ने हुनाले पनि तनाव कम हुन्छ ।