Newslaya Home

​विराटनगरमा जन्मियो नौ सय ग्रामको बच्चा

बुधबार २३, साउन २०७५

विराटनगर । विराटनगरको मोरङ सहकारी अस्पतालमा ९ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको छ ।

विराटनगर–२ घर भएकी रुवी कर्णको मोरङ सहकारीमा १४ साउनमा प्रसुति तथा स्त्री रोग विशेज्ञ डा. बालकृष्ण साहको टिमले शल्यक्रिया गरी कम तौल भएको बच्चा निकालेको थियो । 

अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीणकुमार झा र डा. अन्सु घिमिरको टिमले उपचारपछि नवजात शिशु अहिले ठीक भएको अस्पतालले जनाएको छ ।

एक साता बढी उपचार गरेर मङ्गलबार डिस्चार्ज हुँदासम्म बच्चाको तौल १ किलो ३ सय ग्राम पुगेको अस्पतालका मेनेजर धरणि खनालले बताए ।

कम तौल भएका बच्चालाई स्वास्थ्य सम्बन्धी धेरै समस्या आउन सक्ने चिकित्सकले बताए । 

आर्थिक अवस्था नाजुक भएको कर्ण परिवारको उपचारमा मोरङ सहकारी हस्पिटलले एनआईसीयू, बेड भर्ना र चिकित्स शुल्क मिनाहा गरिदिएको छ  । उपचारमा लागेको औषधीको खर्च भने डा.असित घिमिरले सहयोग गरेका छन् ।