Newslaya Home

​घुसपैठको आशंकामा मारिए चार भारतीय सेना

बुधबार २३, साउन २०७५

काठमाडौं । भारतको कश्मीरको गुरेज क्षेत्रमा चार भारतीय सेनाको मृत्यु भएको छ ।  घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरूले बताएका छन् । 

उक्त घटनाका सम्बन्धमा प्रतिक्रिया दिँदै जम्मु कश्मीरका पूर्व मुख्यमन्त्री फारुक अब्दुल्लाहले भारत सरकारले पाकिस्तानसँगको सम्बन्धलाई सामान्यीकरण गर्नुपर्ने बताए ।

उनले भारततर्फ पाकिस्तानीहरूको घुसपैठलाई पनि रोक्नुपर्ने धारणा राखे ।