Newslaya Home

​एक दिवसीय क्रिकेट खेल्न नेपाली यू १९ टोलीलाई भारतको निम्तो

मङ्गलबार २२, साउन २०७५

काठमाडौं । नेपाली यू १९ राष्ट्रिय क्रिकेट टोलीलाई एक दिवसीय क्रिकेट खेलका लागि भारतीय क्रिकेट नियन्त्रण बोर्डले निम्तो दिएको छ ।

चार टिम सहभागी हुने प्रतियोगितामा नेपाल, भारत, अफगानिस्तान र नेशनल क्रिकेट एकेडेमी (एनसीए)को टोली सहभागी हुनेछन् । एनसीए भारतीय क्रिकेट नियन्त्रण (बीसीसीआई)को टिम हो ।

खेल भारतको कोलकत्तामा हुनेछ । खेलमा शीर्ष दुई टोलीले पहिलो स्थानका लागि खेल्नेछन् भने अन्य दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतियोगिताको पहिलो खेल भारत र पाकिस्तानबीच हुनेछ । सोही दिन अर्को खेल नेपाली टोली र एनसीएबीच हुनेछ ।

यो प्रतियोगितालाई आमागी अक्टोबरमा हुने एशिया कपको तयारीको रुपमा हेरिएको छ ।

एशिया कपमा नेपाल, भारत, अफगानिस्तानका साथै पाकिस्तान, श्रीलंका, बाङ्लादेश, हङ्कङ र संयुक्त अरब ईमिरेट्स (यूएई) सहभागी हुनेछन् ।