Newslaya Home

झापामा गाडीको ठक्करबाट स्कुटी चालकको मृत्यु

मङ्गलबार २२, साउन २०७५

झापा । इलाका प्रहरी कार्यालय कन्काईको गाडीको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति–१ बुधबारेका २७ वर्षीय पंकज कोइराला रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कन्काई नगरपालिका–१ दुर्गापुरमा सोमबार साँझ मे ८ प १२२३ नम्बरको स्कुटीमा पूर्वतर्फ आइरहेका कोइरालालाई विपरीत दिशाबाट गइरहेको इप्रका कन्काईको मे १ ज ५८६ नम्बरको गाडीले ठक्कर दिएको थियो ।  

ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा लगिएको थियो । 

उपचारकै क्रममा मंगलबार बिहान उनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।