Newslaya Home

​स्मार्टफोन बजारमा एप्पललाई पछि पार्दै हुवाई दोस्रो स्थानमा

मङ्गलबार २२, साउन २०७५

काठमाण्डौ । स्मार्टफोनको बजारमा हुवाईले दोस्रो स्थान लिएको छ । एप्पललाइ पछि पार्दै सामसुङ पछि हुवावे दोश्रो स्थान लिएको हो । 

आइडीसी, एसए, क्यानलिस तथा काउन्टर पोइन्टले  हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा हुवाई दोस्रो स्थानमा उक्लिएको हो ।

उच्च स्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनहरूका कारण हुवाईले विश्वव्यापी ग्राहकहरू माझ लोकप्रियता बनेको छ ।

हुवाईले वार्षिक रुपमा १० प्रतिशतभन्दा धेरै कमाई अनुसन्धान तथा विकासमा लगानी गर्दछ । प्राविधिक कम्पनीहरूमा अनुसन्धान तथा विकासमा हुने लगानीका आधारमा हुवाई सन् २०१७ मा ६औँ स्थानमा परेको थियो ।

स्मार्टफोनमा सर्वोत्कृष्ट क्यामरा विकास गर्न हुवाईले सन् २०१६ देखि अप्टिकल तथा इमेज प्रविधिमा लाइकासँग सहकार्य गर्दै आएको जनाएको छ ।

हुवाईको पी–२० प्रो स्मार्टफोनमा जडित विश्वकै पहिलो ट्रिपल क्यामराले इमेज क्वालिटी सम्बन्धी विश्वकै सबैभन्दा भरपर्दो कम्पनी डीएक्स ओमार्कले  गरेको समीक्षामा हुवाईले सबैभन्दा धेरै अंक पाएको थियो ।