Newslaya Home

​बैंककमा सम्पन्न जुडोमा नेपाललाई दुई स्वर्ण

सोमबार २१, साउन २०७५

काठमाडौं । नेपालले बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको छ ।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिएका छन् ।

महिला ७८ केजीमुनि पुनम श्रेष्ठले रजत जितेकी हुनन् । पुनमले लाउसकी खेलाडीलाई हराउँदै फाइनलमा प्रवेश गरेकी थिइन् । 

त्यस्तै महिला ५२ केजीमुनि देविका खड्काले कांस्य हात पारिन् । दुईदिने प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।