Newslaya Home

​म्यानचेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

सोमबार २१, साउन २०७५

काठमाडौं । म्यानचेस्टर सिटीले कम्युनिटी सिल्ड फुटबलको उपाधि हात पारेको छ । आइबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो ।

सिटीको जितमा दुवै गोल सर्जियो अग्युरोले गरेका थिए । वेम्बलीमा भएको खेलको १३ औँ मिनेटमा अग्युरोको गोलबाट सिटीले अग्रता लियो । ५८ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई जित दिलाएका हुन् । 

माउसिजिओ सारीको प्रशिक्षणमा रहेको चेल्सीले खेलमा अट्याकिङ्ग उपस्थिति देखाउन सकेन । उसले मात्रै एकपटक पोस्ट प्रहार गर्न सफल भएको थियो ।