Newslaya Home

​इलाममा पेट्रोलियम पदार्थ ५० पैसा महँगो

आइतबार २०, साउन २०७५

इलाम । इलाम नगरपालिकाले पेट्रोलियम पदार्थमा थप कर लगाएको छ । पेट्रोल, डिजलको बिक्रीमा प्रदुषण कर बापत पचास पैसा कर लिन थालेको हो । 

साउन १५ गतेबाट लागु हुने गरि पेट्रोलियम पदार्थमा पचास पैसा कर लगाएको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए । नगरपालिकाका प्रमुख महेश बस्नेतका अनुसार स्थानीय, प्रदेश तथा संघीय सरकारले कर उठाउन पाउने व्यवस्था बमोजिम उठाइएको बताए ।

प्रदुषण बापत उठेको रकम पर्यावरण क्षेत्रमा लगाउने प्रमुख बस्नेतको भनाइ छ ।