Newslaya Home

​लिभरपुलका मिडफिल्डर मिल्नरको टाउकोमा १५ वटा टाँका

आइतबार २०, साउन २०७५

काठमाण्डौ । लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरको टाउकोमा १५ वटा टाँका लगाइएको छ । शनिबार बेलुका डब्लिनमा नापोलीसँग भएको मैत्रीपूर्ण खेलको क्रममा मिल्नरको टाउकोमा चोट लागेको हो ।

खेलको दोस्रो हाफमा नापोलीका पोर्चुगिज डिफेन्डर मारिओ रुइसँगको ट्याकलको क्रममा मिल्नर ठोक्किएर टाउकोमा चोट लागेको थियो ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले मिल्नर टाउकाको चोटका कारण त्यति नआत्तिए पनि उनलाई ऐना हेर्न नदिएको बताए ।