Newslaya Home

​एनसेलले ल्यायो ‘फुच्चे प्याक’

शनिबार १९, साउन २०७५

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले डेटा सेवा अन्तर्गत आफ्ना ग्राहकका लागि  नयाँ सुविधा ल्याएको छ । एनसेलले ग्राहका लागि ‘फुच्चे प्याक’ ल्याएको हो । 

यहि आइतबारबाट सुरु हुने यो प्याक अन्तर्गत ग्राहकले कर बाहेक मात्र रु ५ मा २५ एमबि डेटा भोलुमको मजा लिन सक्नेछन् । 

यस डेटा प्याक अन्तर्गतको २५ एमबि डेटा ग्राहकले एनसेलको कुनै पनि नेटर्वक टुजि, थ्रिजि तथा फोरजिमा बिहान ५ देखि बेलुका ५ बजे सम्म प्रयोग गर्न सक्नेछन् । यो डेटा प्याक सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ । 

एनसेलले ग्राहकको माग अनुरुप सही, दामी तथा राम्रो डेटा प्याक अन्तर्गत विभिन्न भोलुमको डेटा प्याकहरु उपलब्ध गराउँदै आएको छ ।