Newslaya Home

​लिक भयो सामसुङ नोट नाइनको तस्वीर

शनिबार १९, साउन २०७५

काठमाडौ । सामसुङले नयाँ फोन सामसुङ नोट नाइन ल्याउने तयारी गरेको छ । यो फोन कस्तो होला वा कस्तो देखिएला भनेर विभिन्न अड्कलबाजीहरु भइरहेको समयमा सामसुङको नयाँ फ्ल्यागसिप फोनको तस्वीर लिक भएको छ ।

सार्वजनिक भएको तस्बिर अनुसार ग्यालेक्सी नोट नाइनमा हेडफोनको ज्याक हुनेछ । ग्यालेक्सी नोट नाइनको तस्बिर सामसुङको वेब साइटमा भुलबस पोस्ट भएको हो । केही समयमै उसले पोस्ट हटायो ।

तर फोन सम्बन्धी जानकारी चुहावट गर्दै आएका इभान मासेबलले तस्बिर प्राप्त गरेर प्रकाशित गरेको छ ।

फोनको पछाडिको भागको तस्बिर लिक भएको हो । नयाँ फोनमा एस–पेन स्टाइलस र यसको स्लट, युएसबी–सी कनेक्टर तथा हेडफोन ज्याक हुनेछ । यस्तै ड्युअल क्यामरा, फ्ल्यास तथा फिङ्गप्रिन्ट सेन्सर पनि प्रष्ट रुपमा देखिएको छ ।