Newslaya Home

​एपल बिश्वका १७७ रास्ट्र भन्दा धनि

शुक्रबार १८, साउन २०७५

काठमाडौं । बिहीवारबाट एक खर्ब डलरबराबरको सम्पत्ति भएको एप्पल पहिलो निजी कम्पनी बनेको छ । एप्पलको यो सम्पति विश्वको १७७ रास्ताको जिडिपि भन्दा बढी हो । 

यो कम्पनी यति धनी भइसक्यो कि विश्वका १६ देशको मात्र कुल गार्हस्थ्य उत्पादन एप्पल भन्दा बढी छ । 

एप्पलको स्टकमा २.८ प्रतिशतले वृद्धि हुँदै मंगलवारदेखि बिहीवारसम्म ९ प्रतिशतसम्मको वृद्धि भयो । बुधवार एप्पलको शेयरमा ६ प्रतिशतको वृद्धि भयो । बिहीवार अलिकति शेयर खस्किएपनि फेरि उठ्यो । 

यसअघि शांघाईको शेयर बजारमा पेट्रोचाइनाको मार्केट भ्याल्युएसन यो स्तरमा पुगेको थियो । यसरी एक खर्ब डलरको भ्याल्युमा पुग्ने कम्पनीमध्ये एप्पल अमेरिकाको पहिलो र संसारको दोस्रो बनेको छ । 

एजेन्सी