Newslaya Home

​एउटै फिल्ममा देखिँदै ऐश्वर्या र अभिषेक

बिहीबार १७, साउन २०७५

काठमाडौं । बलिउडमा निकै रुचाइएकी अभिनेत्री ऐश्वर्या र अभिनेता अभिषेक बच्चन एउटै फिल्ममा काम देखिने भएका छन् ।  मणि रत्नमले निर्देशिन गर्ने फिल्म ‘गुलाब जामुन’ मा एकसाथ काम गर्न भएका अुन् । 

आठ वर्ष अगाडि उनीहरु फिल्म ‘रावण’ मा सँगै काम गरेका थिए । ऐश्वर्याले एक अन्तरवार्तामा भनेकी छन्  ‘हो हामी आठ वर्षपछि सँगै फिल्म खेल्दैछौं र निकै उत्साहित छौं,’।

यति बेला ऐश्वर्याको फिल्म ‘फन्ने खाँ’ प्रदर्शनको तयारीमा छ भने अभिषेकको फिल्म ‘मनमर्जिया’ पनि निर्माणको अन्तिम चरणमा छ । त्यसपछि दुवैजना ‘गुलाब जामुन’ मा केन्द्रित हुनेछन् ।