Newslaya Home

​इलाम नगरपालिकाले बढायो पेट्रोलियम पदार्थमा कर

बुधबार १६, साउन २०७५

इलाम । इलाम नगरपालिकाले पेट्रोलियम पदार्थमा प्रदुषण कर बापत कर बढाएको छ।

साउन १५ गतेबाट लागु हुने गरि पेट्रोलियम पदार्थमा पचास पैसा कर लगाएको इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्ठले बताए।  उक्त कर बापत उठेको पैसा नगरपालिकाको कोषमा जम्मा हुने श्रेष्ठले जानकारी दिए। 

नगरपालिकाका प्रमुख महेश बस्नेतका अनुसार राजश्व उठाउने विषयमा प्रदुषण कर स्थानीय, प्रदेश तथा संघीय सरकारले उठाउन पाउने व्यवस्था बमोजिम उठाइएको बताए।

कर उठाउने विषयमा इलाम नगरपालिकाभित्रका पेट्रोलियम व्यवसायीसंग सम्झौता गरिएको इलाम नगरपालिका कार्यालयले जनाएको छ।