Newslaya Home

​भक्तपुरमा दिउँसै लुटिए एक व्यवसायी

बुधबार १६, साउन २०७५

भक्तपुर । भक्तपुरमा मोटरसाइकलमा आएका दुई जनाले मंगलबार दिउँसो छ लाख लुटेका छन् । 

चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदी बस्ने  ५४ वर्षीय परशुराम बजगाईले घरबाट ल्याएको चार लाख रुपैयाँ र कमलविनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको दुई लाख गरि छ लाख लिएर सूर्यविनायकतर्फ जाँदै गर्दा लुटेराले लुटपाट गरेका हुन् ।

दिउँसो ११ बजे बैंकबाट पैसा झिकेर हिँड्दै सूर्यविनायकतर्फ जाँदै गर्दा एकान्तमा पारेर मोटरसाइकलमा मास्क लगाएर आएका दुई व्यक्तिले चक्कु देखाएर झोला लुटेर फरार भएको पीडित बजगाईले बताए । 

घटना भएलगत्तै महानगरीय प्रहरी परिषर भक्तपुरलाई घटनाबारे जानकारी गराएको बताउँदै पीडितका भाइ सोम शर्मा (बजगाई) ले घटनाको तत्काल अनुसन्धान गीर लुटेरा पक्राऊ गरी कारबाही गर्न र लुटिएको रकम फिर्ता गराउन माग गरे । 

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बैंकको भित्र रहेको सीसी क्यामरा र अन्य अनुसन्धानको प्रक्रिया अपनाएर लुटेराको खोजी भइरहेको बताए।