Newslaya Home

​फोनमा यसरी बढाउनुहोस् नेटवर्क सिग्नल

सोमबार १४, साउन २०७५

स्मार्टफोनहरुमा कहिलेकाँही नेटवर्कको सिग्नल राम्रो आउँदैन । जसका कारण कल तथा इन्टरनेटमा समस्या हुन्छ । त्यसैले स्मार्टफोनमा नेटवर्क भइरहनु आवश्यक हुन्छ । 
त्यसका लागि यस्ता उपायहरु अपनाउन सकिन्छः

१. स्मार्टफोनको नेटवर्क ब्लक गर्ने चिजहरु हटाइदिने 
स्मार्टफोनमा हुने रियर कवर तथा अन्य नेटवर्क आउनबाट रोक्ने चिजहरु हटाउँदा नेटवर्क राम्रो आउँछ । फोनलाई समाउँदा पनि नेटवर्कलाई कुनै असर नहुने तरीकाले समात्नु पर्छ । 

२. फोन र नेटवर्कको दूरी कम राख्ने 
नेटवर्क र स्मार्टफोनको बीचको दुरी कम हुनु राम्रो हुन्छ । जसका लागि बन्द स्थानभन्दा खुला स्थानमा बस्नु राम्रो हुन्छ । 

३. ब्याट्रि बचाउनु 
स्मार्टफोनको ब्याट्रि जति धेरै भयो नेटवर्क पनि त्यति नै राम्रो हुन्छ । ब्याट्रि बचाउनका लागि ब्लुटुथजस्ता कनेक्टिभ एप्सहरु बन्द गर्नु पर्छ ।

४. सिमकार्डको जाँच गर्नु
स्मार्टफोनमा लामो समयसम्म सिमकार्ड राख्दा जाम हुनसक्छ । यसले पनि राम्रो नेटवर्क नदिन सक्छ । त्यसैले सिमकार्डलाई बेलाबेलामा परीक्षण गरिरहनु आवश्यक हुन्छ ।

५. ४ जी सेवा बन्द गर्नु 
कमजोर नेटवर्क भएको समयमा स्मार्टफोनमा राम्रोसँग इन्टरनेट चल्दैन । यस्तोमा २ जी वा ३ जी सेवा मात्र चलाउदा राम्रो इन्टरनेट सेवा लिन सकिन्छ ।