Newslaya Home

​मेसी र रोनाल्डोलाई पछि पार्दै मोड्रिच लोकप्रिय बन्दै

सोमबार १४, साउन २०७५

काठमाण्डौ । क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच २०१७ को फिफा खेलाडी अवार्डका लागि सबैभन्दा लोकप्रिय देखिएका छन् ।
सेप्टेम्बर २४ मा लन्डनमा हुने फिफा वर्ष खेलाडी अवार्डका लागि उनले मेसी, रोनाल्डोलाई समेत पछि पारेका हुन् ।

गत वर्ष यो अवार्ड क्रिस्टियानो रोनाल्डोले जितेका थिए । तर, यसपालि अवार्डको प्रमुख दावेदारको रुपमा मोड्रिच देखिएका छन् ।
हालै गरिएको मत सर्वेक्षण अनुसार मोड्रिचलाई धेरैले मन पराएको छन् । सर्वेक्षणमा मोड्रिचलाई (४६.७८ प्रतिशत) मत प्राप्त भएको छ भने रोनाल्डोलाई (१७.५९ प्रतिशत) र मेसीलाई (१४.४१ प्रतिशत)  मत परेको थियो ।

फिफाले केही दिन अगाडि उत्कृष्ट खेलाडीको नाम सार्वजनिक गरेको थियो ।