Newslaya Home

​अब आयल निगमको सेयर सर्वसाधारणले पनि पाउने

आइतबार १३, साउन २०७५

काठमाडौं । अब नेपाल आयल निगमको सेयर सर्वसाधारणले पनि लिन पाउने भएका छन् । निगमले सर्वसाधारणलाई सेयर जारी गर्न बाटो खुलेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका जनाएका छन् ।

भट्टराईका अनुसार केही प्रक्रियागत विषय टुंग्याउन बाँकी रहे पनि निगमको शुक्रबार बसेको बैठकले दुई आर्थिक वर्षको सञ्चित मुनाफालाई बोनस सेयरमा परिणत गरेर चुक्ता पुँजी ११ अर्ब पु¥र्याएकाले अब सेयर संचालनमा परिवर्तन गर्न सहयोग पुगेको छ।  

नयाँ सेयर सञ्चालन अनुसार सरकारको सेयर ९९.४६ प्रतिशत पुगेको छ भने ०.५४ प्रतिशत सेयर नेशनल ट्रेडिङ, राष्ट्रिय बिमा संस्थान, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कायम भएको छ।