Newslaya Home

आज मातातिर्थ औंशी ,अर्थात आमाको मुख हेर्ने दिन

कसले के लेख्यो
सोमबार ०३, बैशाख २०७५

सबै चिज मागेर या बनाएर पाउन सकिएला तर आमा न मागेर पाइन्छ, न त बनाउन सकिन्छ । विकृत मनोभावले कहीँकहीँ जीवन दिने आमा तिरस्कृत हुने गर्छिन् । पारिवारिक कारण आमालाई वृद्धाश्रममा छाडिन्छ। भविश्यमा आफू पनि आमाा भइन्छ भन्ने ख्यालै गरिँदैन । 
आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरीहरू आमा भएको ठाउँमा गएर आपनो शक्तिअनुसारका खाद्यपदार्थ ख्वाउनुका साथै उपहार दिएर आमालाई प्रसन्न तुल्याउँछन् । नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर जन्म दिने आमा वास्तवमै महान् छिन् ।

आफूले खाएको अन्न, जल, वायु एवं संस्कारजन्य छाप शिशुमा दिएर आमाले जानी(नजानी सन्तानको सृष्टि गरेकी हुन्छिन् आमाले । जन्मपछि पनि शिशुको हेरचाह गरेर पूर्ण मनुष्य निर्माण गर्ने आमाभन्दा पूजनीय संसारमा कोही छैन ।यस्ती आमाको त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । आमाविना सृष्टि सम्भव छैन। आमाको उपकाररूपी ऋण कसैगरे पनि तिर्न सकिँदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ । यिनै आमाको मुख हेर्ने दिन हो आज आमाप्रति श्रद्धा सम्मान र आदर गर्दै मनाईंदैछ ।

आज आमालाई मिठा परिकार बनाएर खुवाउने तथा बिभिन्न उपहारहरु दिई आशिर्वाद लिने गरिन्छ । त्यसैगरी आमा दिवंगत भइसकेकाहरुले आज मातातिर्थ कुण्डमा आफ्नी दिवंगत आमाको स्मरण गर्दै श्राद्ध गर्ने चलन रहेको छ । आज घरवाट टाढा रहेकाहरु आमालाई भेट्न र आशिर्वाद लिनका लागि  घर र माइत जाने क्रम पनि चलिरहेको छ । घर जान नपाएकाहरुले भने टेलिफोन गरेर आमासंग आर्शिवाद लिने गर्दछन् । यस्तै सामाजिक सञ्जाल फेसबुकमा धेरैले आमाप्रति यस्ता भावना र सम्झना व्यक्त  गरेका छन् ।






 
 
 
 

 








 










- सुमन भट्टराई