Newslaya Home

मोबाइलको रेडिएसन कति खतरनाक ? कसरी बच्ने ? (मोबाइलअनुसार रेडिएसनको मात्रासहित)

आइतबार १३, फागुन २०७४

मोबाइल फोनबाट निस्कने रेडिएशनको बारेमा विभिन्न भिडियोहरु सामाजिक सञ्जालमा आइरहेका छन् । त्यस्ता भिडियोमा मोबाइलमा रेडिएसन हुने र त्यसले मानिसको नजिक रहँदा क्यान्सर, ट्युमर सम्मका खतरा उत्पन्न गर्ने उल्लेख छ । 
यो विषयमा वैज्ञानिकहरुले लामो समयदेखि अनुसन्धान गरिरहेका छन् । रेडिएसनबाट के क्यान्सर हुन्छ ? प्रश्नको उत्तर वैज्ञानिकहरुले नै पाइसकेका छैनन् । तर मोबाइलले रेडिएसन उत्पन्न गर्छ । 
यस्तो रेडिएसन एक्स–रे र अल्ट्राभ्वायलेट रेडिएशनको तुलनामा कम शक्तिशाली हुन्छ, तर  एक्स–रे र अल्ट्राभ्वायलेट रेडिएशन हाम्रो डीएनएमा रहेको ‘केमिकल बण्ड’लाई क्षति पु¥याउन सक्ने क्षमता राख्छन् ।
अमेरिकन क्यान्सर सोसाइटी यी रेडिएशनबाट दिमाग, टाउको र घाँटीको ट्यूमर हुन सक्छ कि सक्दैन भन्ने बारमा शोध गरिरहेको छ । 

कुन फोनमा कति रेडिएसन ?
कुन फोनले कति रेडिएसन उत्पन्न गर्छ भनेर जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्शनले एक सूची नै तयार पारेको छ । जसमा कयौं नयाँ र पुराना स्मार्टफोनबाट निस्कने रेडिएशनको जानकारी दिइएको छ । कुन फोनले कति रेडिएसन उत्पन्न गर्छ यहाँ हेरौं ।
केही फोनहरुमा *#07# डायल गरेर पनि यसबारे जानकारी पाउन सकिन्छ । सबैभन्दा बढी रेडिएशन उत्पन्न हुने मोवाइलहरुमा ‘हूवावे’, मोटोरोला, ‘नोकिया लूमिया’ आदि छन् । हुवाले, मोटोरोलाको रेडिएसन १.५९ वाट प्रति किलो हुने गर्छ । सामसुङ ग्यालेक्सीका फोनहरुमा पनि उति नै रेडिएसन पाइन्छ । ब्लाकबेरीमा १.५१, सोनी इरिक्सनमा १.५१, ओप्पेको एफ १ एसमा ०.३६ रेडिएसन हुन्छ । यता आइफोन ५ मा भन्दा आइफोन ७ प्लसले कम रेडिएसन उत्पन्न गर्छ । सामसुङका विभिन्न मोडलअनुसार रेडिएसन फरक छ । सामसुङको एस ७ ले १.५९ रेडिएसन उत्पन्न गर्छ भने सामसुङकै मोबाइलहरु ०.१८२ रेडिएसन उत्पन्न गर्ने पनि छन् ।
मोबाइल रेडिएशनका बारेमा कतिसम्मको रेडिएशन सुरक्षित मान्न सकिन्छ भन्ने कुनै ‘गाइडलाईन’ छैन । 
रेडियो फ्रिक्वेन्सी सबैभन्दा बढी फोनको भित्र रहने एन्टेनामा हुन्छ । फोन आफुसँगै राख्दा नोक्सानको सम्भावना पनि उत्तिकै बढी रहन्छ ।

कसरी बच्ने ?
त्यसैले फोनलाई स्पीकर अथवा ह्याण्ड्स–फ्री मोडमा प्रयोग गर्ने, फोन कलभन्दा बढी म्यासेजमार्फत कुराकानी गर्ने, फोनलाई आफ्नो शरीरबाट टाढै राखेर बस्ने, सुत्ने बेलामा सिरानीमा नराख्ने, फोन लागिसकेपछि मात्र कान नेर लैजाने जस्ता कार्य गर्ने हो भने फोनबाट उत्पन्न हुने रेडिएसनलाई हामी अलि टाढा बनाउन सक्छौं र त्यसको जोखिमबाट पनि बच्न सक्छौं ।