Newslaya Home

​शहरदेखि गाउँ सम्म, सजिलो ईन्टरनेट

शनिबार १२, फागुन २०७४

इटहरी । अहिलेको युग भनेको विज्ञान प्रविधिको युग हो । विभिन्न कम्पनीको ईन्टरनेट जडान गरेर प्रयोग गरिसकेका प्रयोगकर्ताहरुलाई आफुले लिएको स्पिड अनुसार इन्टरनेट नचलेर हैरान हुने गरेको खवर जताततै सुनिने गरेको छ । यस्तै समस्यालाई मध्यनजर गर्दै  नेपाल टेलिकमले ‘एनटी बस इन्टरनेट’ सुविधा ल्याएको छ ।
साइबरनेटिक्स प्रालिसँगको साझेदारीमा ल्याइएको यो सेवामा कुनै पनि बस मालिकले डब्लुसिडीएमए वा सिडीएमए प्रविधिको सेवा जडान गर्न सक्छन्। जसबाट सिडिएमएको नेटवर्क भएको नेपालको जुनसुकै ठाउँमा बस गुडिरहँदा पनि इन्टरनेट चलाउन सकिन्छ । 
नेपाल टेलिकमले गएको असारमा ल्याएको यो सेवामा अहिले आकर्षण बढ्न थालेको छ । अहिले मानिषहरु लामो तथा छोटो यात्रामा रहँदा ईन्टरनेट भएको बस नै रोज्ने गरेको पाईन्छ । यसरी यात्रीहरुले ईन्टरनेट भएको सवारीमा यात्रा गर्ने भएकोले असारदेखि हाल सम्म आई पुग्दा १२ सयले बढीले यो सेवा लिएको नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।
यो सेवा लिनको लागि बसमा एनटी बस इन्टरनेट डिभाइस जडान गर्नुपर्ने हुन्छ । नेटवर्कले काम नगरेको ठाउँ भए पनि फिल्म, गित, गेम, जिपिएस ट्र्या्िकङको सुविधा लिन भने सजिलै सकिन्छ ।
यो प्रविधीको ईन्टरनेट बसमा मात्र नभएर तपाँईले घर तथा अफिसमा समेत प्रयोग गर्न सक्नु हुनेछ । यो एउटा सानो डिभाईस भएकाले यो एकदमै प्रभावकारी मानिएको छ ।