​सुनसरी ३ को मतगणना सुरु गर्न आयोगको निर्देशन, अझै सुरु हुन सकेन

Newslaya Home

​सुनसरी ३ को मतगणना सुरु गर्न आयोगको निर्देशन, अझै सुरु हुन सकेन

मङ्गलबार २६, मङि्सर २०७४

सुनसरी । सोमबारबाट स्थागित भएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना सुरु नहुँदै पुनः विवाद उत्पन्न भएको छ । 
मतगणना तत्का सुरु गर्न निर्वाचनआयोगले निर्देशन दिएको थियो । निर्देशनलगत्तै सुरु गर्न लागिएपनि
शिल नमिलेको भन्दै पुनः विवाद उत्पन्न भएपछि मतगणना अवरुद्ध बनेको हो ।
अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना सुरु गर्न आयोगले निर्देशन दिएको हो । 
मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ । हिजो पनि सो स्थानमा दुवै तर्फबाट झडप हुने सम्भावना बढेपछि प्रहरी परिचालन गरिएको थियो । हिजो मतगणनाका क्रममा नौ वटा अर्धकट्टी सहितका नौ वटा मत पत्र भेटिएपछि त्यहाँ विवाद भएको थियो ।