​स्मार्टफोन स्लो हुन नदिन यसो गर्नुहोस्

Newslaya Home

​स्मार्टफोन स्लो हुन नदिन यसो गर्नुहोस्

आइतबार ०५, कार्तिक २०७४

हरेक फोनमा इन्टरनल मेमोरी हुन्छ । कुनैमा थोरै होला त कुनैमा धेरै । तपाईंको फोनको इन्टरनल मेमोरीमा जति धेरै स्पेस हुन्छ, फोनले त्यति नै राम्रो काम गर्नेछ । थुप्रै पटक फोनमा अत्यधिक फोटो, गीत र एप्स भएकाले फोन स्लो हुने गर्दछ ।
यस्तोमा यदि तपाईं चाहनुहुन्छ भने फोटो, गीत र डाटालाई फोनबाट हटाएर ड्रपबक्स वा गुगल ड्राइभ क्लाउड स्टोरेज सर्भिसमा स्टोर गर्न सक्नुहुन्छ । यसका साथै, ती एप्स जसको प्रयोग तपाईं गर्नुहुन्न, त्यसलाई पनि अनइन्स्टल गरेर मेमोरीलाई खाली गर्नुहोस् ।

यस्तै फोनमा कुनै पेन्डिङ अपडेट छ भने अपडेट गरिहाल्नुहोस् । सेटिङमा गएर सफ्टवेयर अपडेटमार्फत फोन अपडेट गर्न सक्नुहुन्छ ।
वालपेपरले फोनमा अत्यधिक स्पेस खाने गर्दछन् जसका कारण फोन स्लो हुने गर्दछ । लाइभ वालपेपर नभई फोटो राख्नुहोस् ।
फोनको जंक फाइल समय समयमा डिलिट गर्नुहोस् । केही एप्समार्फत् पनि यो काम गर्न सकिन्छ ।
फोनमा विभिन्न डुप्लिकेट कन्ट्याक्ट्स स्टोर भएका हुनसक्छन्, यसलाई ध्यानपूर्वक डिलिट गर्नुहोस् ।