घोषणा पत्र (कविता)

Newslaya Home

घोषणा पत्र (कविता)

- सिएन गौतम इटहरी,सुनसरी
सोमबार ३०, साउन २०७४

फेरि बीस वर्षपछि 
केही दिनको अविरल वर्षाले
अलिक तल 
थुप्रै चीज बगाएर ल्याएछ
बगाइ ल्याएछ
ससना बच्चाका,कोक्रा
निप्पल भएका बोतलहरु
जुत्ता,चप्पल,सिसाकलम,कापी किताबहरु,
बार्बी डल,खेलौना ,साइकल र बर्थ डे गीफ्टहरु
बुढाबुढीका वैशाखीहरु 
वृद्ध भत्ताका कागज पत्र
पुराना फोटा र नागरिताहरु
बगाइ ल्याएछ
परदेशी माया मिसिएको चक्लेट,
मोबाइल र पर्फ्युमका बट्टाहरु,
केही थान फोटा फ्लेक्सहरु
बगाइ ल्याएछ
मेनपावरका भिजीटिङ कार्डहरु,राहदानी
रेमिटान्सका राता पहेला बिलहरु
इपीएसका प्रवेश पत्र 
र थुप्रै शैक्षिक योग्यताका प्रमाण पत्रहरु
र सँगसँगै बगाइ ल्याएछ 
थुप्रै पार्टीका झन्डा र घोषणा पत्रहरु
र सबै घोषणा पत्रका :-बुँदा नम्बर:२ मा यस्तो लेखिएको थियो चाँडो भन्दा चाँडो तट्बन्धन निमार्ण गरि पक्की पुल बनाइने।सुकुम्बासी समस्याको हल गर्ने र दीर्घकालीन रोजगारी व्यवस्था मिलाइने छ ।

- सिएन गौतम इटहरी,सुनसरी