सरकार मैथिली, भोजपुरी भाषा मास्ने दिशामा: ओली

Newslaya Home

सरकार मैथिली, भोजपुरी भाषा मास्ने दिशामा: ओली

सोमबार २३, साउन २०७४

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले २ नम्बर प्रदेशको चुनाव राजपाका लागि नभई कांग्रेसका लागि सारेको दाबी गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसंग बोल्दै उहाँले संविधान संशोधनको नाममा सरकार मैथिली, भोजपुरी लगायतका भाषा मास्ने दिशामा अघि बढेको समेत बताउनु भयो । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावमा आफूले सहमति जनाउन नसक्ने बताउँदै उहाँले देशको हित विरुद्धको कुनैपनि कदम सफल पार्न नदिने बताउनु भयो । निर्वाचन पछि जनता र देशका लागि उपर्युक्त हुने गरी संविधान संशोधन हुने बताउँदै उहाँले सरकारलाई एकलौटीरुपमा अघि नबढ्न आग्रह समेत गर्नुभयो । फरक प्रसंगमा पत्रकारहरुले चुनाव चिन्ह अंकित गाम्छा लगाउनु आचार संहिताको उल्लघन भएन र ? भनी गरेको प्रश्नमा अध्यक्ष ओलीले आचारसंहिता विपरीत घाम लाग्यो भनेर कराउनेलाई आफूले केही भन्न नसक्ने बताउनु भयो । आफ्ना विरोधीले पहिले नै सूर्य नदेखियोस् भनेर असार १४ मा चुनाव सारेको बताउँदै उहाँले आफुले ओडेको गाम्छा आफूले छपाएको नभइ कम्पनिले यस्तै बनाएछ भन्दै ठट्यौली गर्नुभयो ।