उपेन्द्र यादव किन गले ?

Newslaya Home

उपेन्द्र यादव किन गले ?

सोमबार २३, साउन २०७४

नेपालगन्ज । संशोधन नभएसम्म चुनावमै नजाने अड्डी कसेका मधेसवादी दलहरु अहिले भने संशोधन नभएपनि चुनावमा जाने बताउन थालेका छन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन सहभागी भएर संविधान संशोधनको पक्षमा संघर्ष गर्ने बताएका छन् । नेपालगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले चुनाव, सडक र संसदबाटसमेत संघर्ष गर्ने बताएका हुन् । उनले संशोधनको लागि वर्तमान सरकारसँग दुई तिहाई नभएकोले संशोधन गर्न नसक्ने बताउँदै संविधान संशोधन नभएपनि दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी भाग लिने बताए ।
उनले संशोधनको नाममा पटक पटक ढाँट्ने, छल्ने राजनीतिक दललाई जनताले चुनावबाटै झापड दिने उनले बताएका थिए । उनले मधेशी, मुस्लिमलाई भोट दिएर जिताउन समेत आह्वान गरेका थिए ।