राजपा नेता महतोका पिताको निधन

Newslaya Home

राजपा नेता महतोका पिताको निधन

बिहीबार १९, साउन २०७४

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेको छ । उनका पिता खोभारी महतोको गएराति २ बजे सर्लाहीस्थित आफ्नै घरमा मृत्यु भएको हो ।
महतोका पिताको एक सय वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरिरलाई बागमती नदीको कर्मैया घाटमा आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।