सामाजिक कार्यमा अग्रसर हुँदै जर्नी टु अष्ट्रेलिया

Newslaya Home

सामाजिक कार्यमा अग्रसर हुँदै जर्नी टु अष्ट्रेलिया

बिहीबार १९, साउन २०७४

इटहरी । विभिन्न सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउँदै आएको शैक्षिक संस्था जर्नी टु अष्ट्रेलियाको आयोजना तथा युथ फर ब्लड इटहरी र युवा विकास केन्द्र इटहरीको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व रक्तदाता सप्ताहको अवसरमा रगत अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको यस संस्थाका सञ्चालक तथा शैक्षिक परामर्शदाता विवेक लुइटेलले जानकारी दिए । ब्लड बैंक धरानको प्रविधिक सहयोगमा भएको सो कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको सोही संस्थाका सञ्चालक सुरेश वाग्लेले बताए ।
रक्तदान कार्यक्रममा समाजसेवी, बुद्धिजिवी व्यक्तित्व, व्यवसायी लगायत विभिन्न संघसंस्थाहरुका मानिसहरुले रक्तदान गर्नुका साथै सहभागिता जनाएका थिए  ।