सप्तरीका डुबान पीडितको लागि खटिन कार्यकर्तालाई एमालेको निर्देशन

Newslaya Home

सप्तरीका डुबान पीडितको लागि खटिन कार्यकर्तालाई एमालेको निर्देशन

बिहीबार १९, साउन २०७४

काठमाडौं । नेकपा एमालेले सप्तरीका बाढी पीडित नागरिकलाई तत्काल राहत र पुनस्र्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उसले आफ्ना कार्यकर्तालाई पनि राहत तथा उद्दारमा सहभागी हुन निर्देशन दिएको छ ।
१६ गतेको रातभरको अविरल वर्षाका कारण सप्तरीका विभिन्न स्थानमा आएको बाढीबाट पीडित नागरिकलाई तत्काल उद्दार गरी बसोबासको प्रबन्ध मिलाउन एमालेले माग गरेको हो । सप्तरीबासीलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै एमालेले तत्काल राहत दिनसमेत माग गरेको छ ।
बाढीका कारण करिब एक हजार पाँच सय घर डुवानमा परी स्थानीय बासिन्दा विस्थापित भएको एमालेले जनाएको छ । महुली खोलामा आएको बाढीका कारण त्रिकौलका १ सय ५० र तिरहुत गाउँपालिका ५, भेडियाका ७० घर, दुधैला खोलामा आएको बाढीले रुपनी गाउँपालिका ६, वीरेन्द्रनगर बजारका ६ घर डुबानमा परेका छन् ।
त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका ५० र सकरपुरका ५०, कञ्चनरुप नगरपालिका, राजविराज नगरपालिकालगायतका क्षेत्रका सयौं घर डुबानमा परेको एमालेले जनाएको छ ।