इटहरीमा महिला हिंसाविरुद्ध विरोध ¥याली

Newslaya Home

इटहरीमा महिला हिंसाविरुद्ध विरोध ¥याली

बिहीबार १९, साउन २०७४

इटहरी । केही दिनअघि महोत्तरीमा महिलामाथि सामूहिक बलात्कारपछि हत्या भएको विरोधमा शनिबार इटहरीमा अभियुक्तमाथि कडा कानुनी कारबाहीको माग गर्दै विरोध ¥याली प्रदर्शन भएको छ ।
सौन्दर्य कला सङ्घ सुनसरी र उद्योग वाणिज्य सङ्घ इटहरीको संयुक्त आयोजनामा भएको विरोध ¥यालीमा मानवअधिकारकर्मी महिला, उद्यमी एवम् उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलमा आवद्ध महिला नेतृ एवम् नेताले महिला हिंसा एवम् हत्यामा संलग्न जो कोही भए पनि त्यस्तालाई फाँसीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । इटहरीको मुख्य चोक क्षेत्रमा भएको कोणसभामा नेपाली काँग्रेसका नेता हेमकर्ण पौडेल, उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले मुलुकी ऐनमा नै सुधार गरी महिला हिँसा र बलात्कार जस्ता जघन्य अपराध गरी हत्या गर्नेलाई तत्काल फाँसी हुने व्यवस्था गर्न माग गरेका थिए । महिला सञ्जालकी अध्यक्ष लक्ष्मी गौतम , माया रायमाझी, लीला राईले महिला हिंसा र बलात्कारका दोषी माथि कडा कारवाहीको माग गरेका छन् ।